शालिग्राम करिडोर शिलान्यास

  • ख-
  • ख+

अब तनहुँको दक्षिण क्षेत्र सडकको मूल प्रवाहमा अघि बढ्दै

घिरिङ: तनहुँको दक्षिणी भेग हुँदै मुक्तिनाथ र तराईसम्म जोडिने शालिग्राम करिडोरको तनहुँमा शिलान्यास भएको छ ।

करिडोर अन्तर्गत पर्ने घिरिङको वडा नम्बर १ बैडी देखि देवघाट खण्डकाे साढे २२ किलोमिटर दूरीको नालिसहित ग्राभेल निर्माण कार्यकाे गण्डकी प्रदेश सरकारका अार्थिक मामिला तथा याेजना मन्त्री माननीय किरण गुरूङले शिलान्यास गरे। साेहि मार्गकाे द्रैपति खाेलाकाे माेटररेवल पुलकाे शिलान्यास पनि उनले गरे ।

उनले निकट भविष्यमा निकट भविष्यमा सडक कालाेपत्रेकाे शुरूवात हुने प्रतिबद्धता जनाए ।पुर्वाध ार विकास तनहुँका कर्यलय प्रमुख अाेमराज ढुङ्गानाले खड्का कृष्णप्रसाद ,धुलिखेलले ३८ करोड ९६ लाख रुपैयाँमा २०७९ फागुनमा काम सक्ने गरी सम्झौता गरेको जानकारी दिए ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष रणबहादुर राना तथा उपाध्यक्ष सरस्वती सिग्देलले मार्गको निर्माणले गाउँपालिकाको विकासमा महत्वपूर्ण काम हुने अपेक्षा गरे ।

नेकपा जिल्ला कर्यलयका सदस्य विष्णुभक्त सिग्देलले लामो समयदेखिको स्थानीयको सपना पूरा हुन् लागेको भन्दै अब दक्षिण क्षेत्र पनि विकासमा अगाडि पुग्ने विश्वास व्यक्त गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी