पूर्व सभापति पौडेल ‘खतरामुक्त’

  • ख-
  • ख+

आईतबार डिस्चार्ज गरिने सम्भावना
दमौलीः अकस्मात बिरामी भएर अस्पताल भर्ना भएका नेपाली कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेलको अवस्था खतरामुक्त रहेको र निकै सुधार आएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

बडा दशैंको अष्टमीमा अकस्मात स्वासप्रस्वास र निमोनियाको समस्या देखिए पछि पौडेल उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज भर्ना भएका थिए । तर त्यहाँ अवस्था झनै खराब बने पछि हेलिकोप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पताल पु¥याइएको थियो । अस्पतालमा १० दिन अति सघन उपचार कक्ष आईसीयुमा भर्ना भएका पौडेल दुई दिन अघि मात्र नर्मल वार्डमा रिफर भएका थिए ।


हाल अवस्थामा सुधार आएको चिकित्सकले बताएको भन्दै उनले आफै खाना खाने र थेरापी गर्न थालेको छोरा नगेन्द्र पौडेलले जानकारी दिए ।

कांग्रेस शीर्ष नेताद्वारा स्वास्थ्यलाभको कामना
पौडेललाई पूर्व मन्त्री शंकर भण्डारी, कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल, बद्री पाण्डेलगायतले अस्पतालमै पुगेर स्वास्थ्यलाभको कामना गरेका थिए ।


यसैगरी पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोईरालासहितका केन्द्रीय नेताहरु, पूर्व मन्त्री गोविन्दराज जोशीलगायतले टेलिफोनमार्फत नै स्वास्थ्यलाभको कामना गरेको पौडेलले जानकारी दिए ।

अवस्थामा सुधार आएमा आईतबारसम्ममा उनलाई डिस्चार्ज गरिने चिकित्सकलाई उद्धृत गर्दै नगेन्द्रले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी