
दमौलीः व्यास नगरपालिकाका ११ र शुक्लागण्डकीका २२ जनासहित तनहुँमा एकै साथ ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लो २४ घण्टामा गरेको परीक्षणको नतिजा अनुसार हालसम्मकै बढीमा एकै पटक संक्रमणभ पुष्टि भएको हो ।
संक्रमितमा भानुका नौ जना, म्याग्देका चार जना तथा भिमादका एक जना पनि छन् ।
यस अघि नै प्रयोगशालाले रिपोर्ट पठाए पनि निर्देशनालले भने बिहिबार मात्र रिपोर्ट सार्वजनिक गरेको हो ।
निर्देशनालयले सबैमा कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमण पुष्टि भएको उल्लेख गरेको छ ।
।