केसीको उपचार सरकारले गर्ने

  • ख-
  • ख+

काठमाडौंः कोरोना संक्रमणपछि स्वास्थ्य उपचार गराईरहेका राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च बेहोर्ने सरकारले घोषणा गरेको छ ।

बिहिबार बसेको मन्त्रिपरिषद बैठकपछि अर्थ मन्त्री विष्णु पौडेलले सामाजिक सञ्जाल ट्विटरमा पोष्ट गर्दै केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने घोषणा गरेका थिए ।


यस अघि पार्टीले केसीको उपचारका लागि धेरै खर्च लाग्न सक्ने र स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै खर्चमा सघाउन अपिल गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्