शुक्लागण्डकीका २२ एकैसाथ संक्रमित

  • ख-
  • ख+

दुलेगौंडा: शुक्लागण्डकी नगरपालिकाका २२ जनामा एक साथ कोभिड पोजिटिभ भेटिएको छ ।नगरपालिकाले गत २४ गते ६१ जनाको स्वाब संकलन गरी पठाएकोमा २२ जनाको पोजिटिभ रिपोर्ट आएको नगर प्रवक्ता खिम कुमालले जानकारी दिए ।

होम क्वारेन्टाइन र कन्ट्याक ट्रेसिंगमा परेकाको रिपोर्ट पोजेटिभ आएकाले सजग हुनु पर्ने भन्दै उनले अपील पनि गरेका छन् ।तर गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले भने औपचारिक रुपमा रिपोर्ट सार्वजनिक गरेको छैन ।

नगरपालिका श्रोतले प्रयोगशालाको रिपोर्ट प्राप्त गरेकाले सजग हुन सबैमा अपील गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी