मानुङमा मन्त्री र सांसदको जमघट

  • ख-
  • ख+

गुरुयोजना ल्याउनुस् सघाउछौं : मन्त्री गुरुङ

दमौली: मानुङकोटको विकासमा सघाउने मन्त्री तथा सांसदले प्रतिवद्धता जनाएका छन् । मानुङकोटको भ्रमणका लागि गएका प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङ सहित प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ, कलिला खान तथा प्रदेश सभा सदस्य आशा कोईराला मानुङकोट अवलोकनका लागि गएका उनीहरूले आ आफ्नो तहबाट सघाउने प्रतिवद्धता जनाए ।

भ्रमणका क्रममा व्यास नगर प्रमुख वैकुण्ठ न्यौपाने र वडा अध्यक्ष मोहनकुमार श्रेष्ठले मानुङको पूर्वाधार विकासमा आर्थिक मामिला मन्त्री गुरुङले मानुङको विकासका लागि पूर्वाधारमा सहयोगको अपेक्षा गरेको बताए ।प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले संघ सरकारबाट पनि आवश्यक मद्दत गर्न तयार रहेको बताएका थिए ।

अर्की प्रतिनिधि सभा सदस्य कलिला खान तथा प्रदेश सभा सदस्य आशा कोइरालाले पनि आ आफ्नो तर्फबाट सघाउने प्रतिवद्धता जनाए ।

वडाध्यक्ष श्रेष्ठले व्यास र पराशर तथा एकदेव आलेको समेत साइनो भएकाले पर्यटकीय मानुङकाे पूर्वाधार विकासमा सबै सरकारको सहयोग आवश्यक रहेको भन्दै भ्रमणबाट आशावादी रहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी