सटर भाडा व्यवसायीद्वारा कारागारमा मास्क र सेनिटाइजर वितरण

  • ख-
  • ख+

दमौली : सटर भाडा व्यवसायी संघ तनहुँले जिल्ला कारागार तनहुँमा मास्क तथा सेनिटाइजर वितरण गरेको छ । कारागारमा रहेका कैदीबन्दीका लागि भन्दै संस्थाले एक कार्यक्रम गर्दै तीन सय थान मास्क र सेनिटाइजर वितरण गरेको अध्यक्ष विष्णु पराजुलीले जानकारी दिए ।

कार्यक्रममा जेलर धुर्वसिङ खड्कालाई सेनिटाइजर हस्तान्तरण गरिएको थियो ।कैदी बन्दीहरुलाई कोभिडबाट सुरक्षित बनाउन सहयोग गरिएको महासचिव टीकाराम दाहालले बताए ।


कार्यक्रममा संस्थाका केन्द्रीय उपाध्यक्ष बालहरी अधिकारी, निवर्तमान केन्द्रीय उपाध्यक्ष राजकुमार श्रेष्ठ, संस्थाका उपाधयक्ष भिंसिङ ठकुरी, संस्थाका सदस्य रामकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्