कांग्रेसका ११९ पार्टी प्रवेश गरेको नेकपाको दाबी, कांग्रेस भन्छ १ जना मात्र ‘क्रियाशिल सदस्य’

  • ख-
  • ख+

दमौलीः व्यास १ गल्बुबेसीबाट कांग्रेसका एक सय १९ जना आफ्नो पार्टी प्रवेश गरेको नेकपाले दाबी गरेको छ ।

बुधबार आयोजित कार्यक्रममा पार्टी केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ र कलिला खानले कार्यकर्तालाई पार्टी प्रवेश गराएको पत्रकार मदन तिमल्सेनाले सामाजिक सञ्जालमा लेखेका छन् ।
नेकपा कार्यकर्ताले सामाजिक सञ्जालमा पार्टी व्रवेश गर्नेको तस्बिरसहित पोष्ट गरेका छन् ।


एक जना मात्र क्रियाशिल सदस्य हुन्ः कांग्रेस वडा सभापति
नेकपाले एक सय १९ जना आफ्नो कार्यकर्ता दाबी गरे पनि कांग्रेस वडा सभापति मणिजंग बस्नेतले भने क्रियाशिल सदस्यता लिएका व्यक्ति एक जना मात्र भएको जिकिर गरेका छन् । ‘भरत बस्नेतले क्रियाशिल सदस्यता लिएको थाहा छ,’ उनले भने,‘अरुले हाम्रो पार्टीको सदस्यता लिएको थाहा छैन । अरु कहाँबाट कसरी आउनुभयो मलाई थाहा भएन ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी