कोरोना संक्रमणः २४ घण्टामा थप २२को मृत्यु

  • ख-
  • ख+

काठमाडौं: कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप २२ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४८ पुगेको छ।

यस्तै, मंगलबार नेपालमा थप २७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ भने अहिलेसम्म १ लाख ६० हजार ५७७ जना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारमात्रै ८५३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्