कोरोना संक्रमित १ लाख ९९ हजार !

  • ख-
  • ख+


काठमाडौं:नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ ।

मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप २७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अहिलेसम्म १ लाख ६० हजार ५७७ जना संक्रमणमुक्त भएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट  २२ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११४८ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारमात्रै ८५३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्