लागूऔषधसहित ३ पक्राउ

  • ख-
  • ख+

दुलेगौंडाः बेलचौताराको प्रहरी टोलीले लागूऔषधसहित कोत्रेबाट तीनजना पक्रेको छ । ईलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले विभिन्न प्रकृतिका दुई सय ८६ एम्पुल विभिन्न लागूऔषधसहित ३ जनालाई सोमबार पक्राउ गर्न सफल भएको हो ।


शुक्लागण्डकी नगरपालिका ४ कोत्रेस्थित पृथ्वी राजमार्ग क्षेत्रबाट पक्राउ पर्नेमा व्यास ४ निवासी २१ वर्षिय सन्तोष गुरुङ, शुक्लागण्डकी नगरपालिका ५ निवासी ३० वर्षिय मनोज क्षेत्री र गोरखा जिल्लाको आरुपोखरीथोक घर भई तनहुँको शुक्लागण्डकी नगरपालिका(२ हलेदी बस्ने ३० वर्षिय रवि गुरुङ छन् ।


उनीहरुका साथबाट प्रहरीले लागूऔषध डाईजापाम १०४ एम्पुल, नुफिन ८९ एम्पुल र फेनरागन ९३ एम्पुल बरामद भए पछि लागूऔषध मुद्दामा थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी