तनहुँमा कोरोना ग्राफः संक्रमित संख्या हजार नजिक

  • ख-
  • ख+

दमौलीः तनहुँमा कोरोना संक्रमितको संख्या एक हजार नजिक पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले आईतबारसम्म सार्वजनिक गरेको संक्रमितको ग्राफका आधारमा जिल्लामा संक्रमित नौ सय ९३ पुगेका हुन् ।


हालसम्म १० हजार ७ सय ८० जनामा गरिएको परीक्षणका क्रममा उल्लिखित संख्यामा पोजिटिभ भेटिएको हो ।
संक्रमितमध्ये ६ सय ८३ जना निको भएर घर फर्केका छन् । भने १४ जनाले ज्यान गुमाएका छन् । दुई सय ९६ जना आईसोलेसनमा गएका छन् ।


पछिल्लो समय तनहुँमा संक्रमितको दर बढिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी