दमौलीका पाउरोटी पसलमा अखाद्य तेल !

  • ख-
  • ख+

दमौलीः दुनोट खाने गर्नुभएको छ ? चियासँग खान रुचाउने धेरैले यसलाई विहानको खाजाका रुपमा पनि प्रयोग गर्ने गरेका छन् । तर दमौलीका केही पाउरोटी उद्योगमा दुनोट बनाउन प्रयोग गरिएको तेल खानै नहुने पाइएको छ ।


जिल्ला प्रशासनको नेतृत्वमा गरिएको अनुगमनका क्रममा व्यास २ उत्तरशिला लाईनका तीनवटा पाउरोटी पसलमा कुनै पनि मापदण्ड पालना नगरेको पाइएको छ ।


अनुगमन टोलीले माला पाउरोटी उद्योगमा दुनोट बनाउन प्रयोग भएको तेल अखाद्य पाएको थियो । उद्योगसँगै नजिकका अरु दुई उद्योगमा पनि सरसफाई नपुगेको र आवश्यक मापदण्डसमेत नपुगेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले बताए । उनका अनुसार ती सबै उद्योगलाई जरिवाना गराइने भएको छ ।


यसैगरी प्रशासनले केही होटलमा गरेको अनुगमनका क्रममा स्थानीय मदिरा पनि जफत गरेको छ । स्थानीय होटलमा राखिएको घरेलु मदिरा जफत गरेर प्रहरीलाई बुझाइएको छ । उत्तरशिला लाईनका अनुगमन गरिएका अरु होटलमा पनि सरसफाईको अवस्था कमजोर पाइएको बरालले बताए ।


यस अघिको अनुगमनमा चेतावनी दिइएको होटलमा भने अवस्था सुधार पाइएको प्रशासनले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्