केशवटारमा एम्बुलेन्स आउँदै

  • ख-
  • ख+

दमौलीः मानिस बिरामी परे पनि एम्बुलेन्सको अभावमा उपचारका लागि भएको कठिनाई कम गर्न भन्दै केशवटारमा एम्बुलेन्स खरिदको प्रक्रिया थालिएको छ । स्थानीय केशवटार माविले एम्बुलेन्स खरिदका लागि सहयोग जुटाउन महायज्ञ समेत लगाएको थियो ।


अब व्यास १४ वडा कार्यालयमार्फत खरिदका लागि तयारी अन्तिम चरणमा पुगेको वडाध्यक्ष काजिमान श्रेष्ठले बताए । उनका अनुसार खरिद गरिएको एम्बुलेन्स केशवटार स्वास्थ्य चौकीको मातहत राखेर चलाइनेछ ।

‘वरपरका मानिस बिरामी परेका बेला दमौली र अन्तबाट एम्बुलेन्स ल्याउनुपर्ने अवस्था थियो,’ उनले भने,‘अब वडाकै मातहतमा एम्बुलेन्स भएमा सजिलो हुने आशा छ ।’


व्यास नगरपालिकामार्फत कर छुटमा एम्बुलेन्स खरिद गरेर ल्याउने कार्य अन्तिम चरणमा पुगेकाले केही समयभित्रै केशवटारले एम्बुलेन्स पाउने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्