आँबुखैरेनीका ९ सहित तनहुँमा १३ नयाँ संक्रमित

  • ख-
  • ख+

दमौलीः तनहुँको आँबुखैरेनी गाउँपालिकामा नौसहित जिल्लामा एकै साथ १३ जनामा नयाँ कोरोना संक्रमण भेटिएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार वडा नखुलेका आँबुखैरेनीका नौजना तथा ऋषिङका १ का २२ वर्षका पुरुष र म्याग्दे २ का ३० वर्षका पुरुषमा संक्रमण भेटिएको छ ।


यसैगरी तह नखुलेका अरु दुई जनामा थप संक्रमण भेटिएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी