गण्डकी प्रदेशमा कोरोनाबाट मर्ने १११ पुगे

  • ख-
  • ख+

दमौलीः गण्डकी प्रदेशमा कोरोनाका कारण ज्यान जानेको संख्या १ सय ११ पुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा पोखराका चार जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।


मणिपाल शिक्षण अस्पतालमा पोखराका ८२ वर्षकी महिला, गण्डकी मेडिकल कलेजमा पोखरा १७ का ७४ वर्षकी महिला र पोखरा ११ का ६० वर्षका वृद्ध तथा फिस्टेल अस्पतालमा पोखरा १० का ८६ वर्षका वृद्धको कोरोना संक्रमणबाट ज्यान गएको हो ।


पछिल्लो समय संक्रमणबाट ज्यान जाने अधिकमा न्युमोनिया तथा ज्वरोका लक्षण देखिएको र उनीहरुमा वृद्धावस्थाका व्यक्तिको बाहुल्यता रहेको पाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी