
दमौलीः व्यास १४ का एक ९६ वर्षका एक वृद्धको कोरोना संक्रमणका कारण ज्यान गएको छ । चितवन मेडिकल कलेजमा उपचारका लागि गएका उनको आईसीयुमा उपचार हुँदै गर्दा आईतबार दिउँसो निधन भएको अस्पतालले जनाएको छ ।
अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार रुघा खोकी तथा ज्वरोको समस्या देखिएका ती वृद्ध गत १२ गते अस्पतालमा भर्ना भएका थिए ।