मानुङमा दुई महिना जग्गा किनबेचमा प्रतिबन्ध

  • ख-
  • ख+

दमौलीः व्यास ५ मानुङमा जग्गा किनबेचका लागि दुई महिनासम्म प्रतिबन्ध लगाइएको छ । व्यास नगरपालिकाले जग्गा विकास कार्यक्रम अघि बढाउने काम भैरहेको भन्दै गुरुयोजना बनेर काम अघि नबढ्दासम्मका लागि जग्गा किनबेचमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।


मानुङकोटमा आईतबार बसेको नगरपालिकाको कार्यपालिका बैठकले एक महिनाभित्र गुरु योजना तयार पार्ने निर्णय पनि गरेको वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
पछिल्लो समय मानुङमा मानिस आउन थाले पछि जग्गाको किनबेच बढ्न थालेको थियो ।

नगरपालिकाले जग्गा विकास कार्यक्रम अघि बढाउने भने पनि स्थानीयले जग्गा बिक्री गर्ने क्रम बढे पछि नगरपालिकाले प्रतिबन्ध नै लगाएर जग्गा विकास गर्न लागेको नगरपालिकाको भनाई छ ।

शौचालय र सफाई कर्मचारी
नगरपालिकाले मानुङमा सार्वजनिक शौचालय बनाउने भएको छ । शौचालय बनाएर कर्मचारी समेत राखेर सरसफाईमा विशेष जोड दिइने प्रवक्ता श्रेष्ठले जानकारी दिए । यसैगरी मानुङमा खानेपानीको डिपिआर पनि तयार पार्नेे निर्णय नगरपालिकाले गरेको छ ।


एक हजार थान जाली र १० लाखको ह्युम पाईप
नगरपालकाले बाढीले क्षति भएको पु¥याएको ठाउँमा एक हजार थान जाली खरिद गर्ने र १० लाख बराबरको ह्युम पाईप खरिद गर्ने पनि निर्णय गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्