कोरोना संक्रमण: २४ घण्टामा २१ को मृत्यु

  • ख-
  • ख+

काठमाडौंः कोरोना संक्रमणका कारण ज्यान जानेको संख्या पछिल्लो समय बढिरहेको छ । यसैक्रममा पछिल्लो २४ घण्टामा २१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार योसहित हालसम्म मृत्यु हुनेको संख्या ११ सय आठ पुगेको छ।

देशभर आइतबार थप २८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसैगरी संक्रमणमुक्त भएर २८ सय १२ जना डिस्चार्ज भएका छन्।

सक्रिय संक्रमितको संख्या ३५ हजार चार सय १९ छ। संक्रमितमध्ये तीन सय ९८ जनाको आइसियू र ८२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी