टिकटकमा फोहोर नगरिदिनु भनेको देखेपछि पोख्रेली युवाले मानुङमा डस्टबिन बाँडे

  • ख-
  • ख+

दमौलीः पर्यटकको घुइंचो लागे पछि पर्यटकले जथाभावी फोहोरमैला फालेको भन्दै पोख्रेली एक युवा समूहले मानुङ डाँडामा डस्टबिन वितरण गरेको छ ।
केही समययता पर्यटक बढ्न थाले पछि मानुङमाा फोहोर पनि बढेको गुनासो सुनिन थालेको छ । शनिबार एक्कासी सैयौं पर्यटक ओईरो लागे पछि झनै फोहोरमैला बढेपछि गुरुङ मगर रमाईलो ग्रुपले डस्टबिन सहयोग गरेको हो ।


पोखरा महानगरपालिका वडा न १० र १५ का गुरुङ मगर रमाइलो ग्रुप समुहले १२ थान डस्बिन राखिदिएको हो । समुहका रेशम राना मगरले फेसबुक तथा टिकटकमा सबैले मानुङ कोटको तस्बिर सँगै फोहोर मैला पनि नगरिदिनु होला भन्ने विषय आए पछि साथीहरु सँग छलफल गरेर सहयोग प्रदान गरिएको बताए ।


समुहका अर्का सदस्य आश गुरुङले मानुङ कोटमा डस्बिन राख्ने अभियान सफल रहेको बताउँदै डस्बिन सौजन्य गरिदिने सबैलाई धन्यवाद दिए ।


व्यास ५ का वडाअध्यक्ष मोहनकुमार श्रेष्ठले पोखरादेखि आएर मानुङको सरसफाईमा सघाएको भन्दै समूहलाई धन्यवाद दिए ।


वडामा पूर्वाधार थपिने क्रममा रहेको भन्दै उनले गण्डकी सरकार र नगरपालिका मिलेर विभिन्न पर्यटकीय संरचना बनाउने योजना रहेको बताए ।
पछिल्लो समय मानुङमा पर्यटकीय चहलपहल वृद्धि भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्