युवा वडाध्यक्षलाई युवाको प्रश्न

  • ख-
  • ख+

दमौलीः तनहुँका युवाले युवा जनप्रतिनिधिसँग राजनीतिमा युवा सहभागीताबारे जिज्ञासा राखेका छन् । युथ कांग्रेस तनहुँले आयोजना गरेको अन्र्तक्रियामा सहभागी युवाले व्यास ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठसँग युवा, राजनीति र नेतृत्वका विविध विषयमा जिज्ञासा राखेका थिए ।


सहभागीहरुले युवाहरुलाई राजनीति गर्न कत्तिको सहजता वा असहजता छ, आर्थिक रुपमा कत्तिको कठिनाई छ, नेतृत्व गर्दाका कठिनाई तथा गरेका काम लगायतका विषयमा सहभागीले जिज्ञासा राखेको युथ कांग्रेसका जिल्ला अध्यक्ष राजेशकुमार श्रेष्ठले जानकारी दिए ।


वडाध्यक्ष श्रेष्ठले आर्थिक कारणले मात्र युवालाई कठिन नहुने बताए । उनले निरन्तर क्रियाशिल भएमा युवाले पनि अवसर पाउन सक्ने बताए । वडाध्यक्ष श्रेष्ठले आफूले गरेका चुनावी बाचा पुरा गर्नका लागि सक्रिय भएर लागिरहेको बताए ।

सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट युवाहरुले प्रश्न गरेको कार्यक्रम जुम र फेसबुकबाट प्रत्यक्ष प्रशारण पनि भएको र युवाको उत्साहजनक सहभागीता रहेको आयोजकले जनाएको छ ।
आगामी दिनमा पनि जनप्रतिनिधिसँग निरन्तर अन्र्तक्रिया गरिने युथ कांग्रेस तनहुँले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्