मिर्गौलाका बिरामी गफारलाई तनहुँ समाज अष्ट्रेलियाको आर्थिक सहयोग

  • ख-
  • ख+

दमौली: व्यास ४ का मृगौला बिरामी अब्दुल गफारलाई तनहुँ समाज अस्ट्रेलियाको ४१,५०५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ। व्यास नगरपालिकाका प्रबक्ता एवम् व्यास ५ का वडा अध्यक्ष मोहन कुमार श्रेष्ठले पीडितकी श्रीमती सायरा बुनु कोपिलालाई उक्त रकम हस्तान्तरण गरेका थिए ।

विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट दुबै मृगाैला प्रत्याराेपणको लागि रकम अभाव भएको भनी जीवन रक्षार्थ सहयोगको लागी अनुरोध गरे सँगै तनहुँ समाज अस्ट्रेलिया सहयोगको लागी जुटेको समितिका महासचिव सुर्य खनालले बताए । सहयोग जुटाउन समाजसेवि युवा अभियन्ता लक्ष्मीभक्त खनाल र व्यास युथ क्लबका अध्यक्ष मिन बहादुर गुरुङको विशेष सक्रियता सहभागिता रहेको समेत खनालले जानकारी दिए । असहाय र पीडितका लागि आर्थिक तथा अन्य सहयोग जुटाउन तनहुँ समाज अस्ट्रेलियाले सधैं प्रयत्न गरिरहने समाजका अध्यक्ष दिनेश खनाल बताए । समाजले तनहुँका अन्य थुप्रै समस्यामा परेका व्यक्तिहरूलाई सहयोग गर्दै आएको र आगामी दिनहरूमा समेत सहयोग गर्ने खलानले जानकारी गराए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी