जेसिज सप्ताहान्तको दोस्रो दिन उज्यालो घर र गौ संरक्षण केन्द्रलाई सहयोग

  • ख-
  • ख+

दमौली :जेसिआई व्यास नगरले जेसीज सप्ताहन्त २०२० अन्तर्गतको दोस्रो दिन व्यास १० बैरेनिको उज्यालो घरलाई स्टेशनरी सामाग्री र व्यास १० भतेरी दुम्सिमा रहेको गौ माता संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग गरेको छ । जेसिज सप्ताहान्तको दोस्रो दिन पहिलो कार्यक्रम अन्तर्गत व्यास १० का वडाध्यक्ष तुलसी राज सापकोटाको प्रमुख अतिथ्यमा क्लबका अध्यक्ष भरतकुमार श्रेष्ठले उज्यालो घर बाल आश्रममा स्टेशनरी सामाग्री, एक सेट टेलिभीजन हस्तान्तरण गरेको हो । सोही अवसरमा क्लबले उज्यालो घरका लागि केबल लाईन समेत जडान गरिदीएको छ । त्यसै गरि दोस्रो दिन अन्तर्गतको दोस्रो कार्यक्रममा व्यास-१० भतेरी दुम्सिमा रहेको बेवारिसे गौ संरक्षण केन्द्रलाई ६ बोरा चोकर १ बोरा दाना र ५ बोरा मकैको च्याख्ला प्रदान गरिएको क्लबका अध्यक्ष भरतकुमार श्रेष्ठले गौ संरक्षण केन्द्रका अध्यक्ष प्रजापति सापकोटालाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा वडाध्यक्ष तुलसीराम सापकोटाले जेसिआइको कार्यप्रती प्रशंसा गरेका थिए । युवाहरुको क्लब जेसिआइलाई धन्यवाद व्यक्त गरेका थिए । क्लबका अध्यक्ष भरतकुमार श्रेष्ठले जेसिज सप्ताहान्तमा कोभिड -१९ का कारण भेला समारोह जस्ता कार्यक्रम नगरी जेसिआइले स्थापना काल देखि नै समाज सेवा मानव सेवामा समर्पित रहेको व्यास नगर जेसिजले सेवालाई निरन्तरता दिने बताए ।
जेसिजका सह सचिव बिरेन्द्र नरालले संचालन गरेको उक्त कार्यक्रममा संयोजक राज कुमार श्रेष्ठ, कृष्ण गिरी, सह-संयोजक चन्दन श्रेष्ठ, मुल संयोजक ईन्द्रलाल श्रेष्ठ लगाएतको उपस्थित रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी