तनहुँका थप ३ जनामा कोरोना पुष्टि

  • ख-
  • ख+

दमौली : तनहुँमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा भिमाद नगरपालिकाका १० का ४० वर्षीय एक पुरुष सहित तनहुँमा ३ जनामा सङ्क्रमण देखिएको हो । निर्देशनालयले सार्वजनिक गरेको सुचना अनुसार तनहुँका अन्य दुई जना सङ्क्रमितको व्यक्तिगत ठेगाना भने खुल्न नसकेको श्रोतले जनाएको छ । शुक्रबार सार्वजनिक सुचना अनुसार तनहुँका २३ बर्षीय पुरुष तथा ४२ बर्षीय महिलाको ठेगाना खुल्न नसकेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्