बिहार चुनावः सम्भव होला तेजश्वी यादवको उदय ?

  • ख-
  • ख+


शैलेश मिश्र

(टिप्पणी)
शैलेश मिश्र
संसारकै सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतको प्रमुख राज्य बिहारमा यतिबेला विधानसभाको चुनाव चलिरहेको छ । कोरोना त्रास संक्रमण दर बढिरहेको बेला बिहारमा हुन लागेको विधान सभाको चुनावले भारतको मात्रै नभएर विश्वकै ध्यान केन्द्रीत गरेको छ । २ सय ४० सिटमा तिन चरणमा हुनलागेको विहारको विधान सभाचुनावमा झण्डै १२ करोड मतदाताहरुले मतदान गर्ने भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

बिहार विधानसभाको चुनावमा विगत १५ वर्ष देखि त्यहाँको शासनसत्ता सम्हालेका जनता दल युनाईटेड (जेडीयु) प्रमुख नितिश कुमार र बिहारका पुर्व मुख्यमन्त्री लालु यादवका छोरा राष्ट्रिय जनता दल (आरजेडी)का नेता तेजश्वी यादवबीचको प्रतिष्ठाको लडाईंका रुपमा हेरिएको छ ।

नितिश कुमारको पार्र्टी जेडीयु भारतीय जनता पार्टी (भाजपा) संग गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएको छ भने आरजेडी भारतीय कांग्र्रेस आई र केही साना बाम गठबन्धनसंग सहकार्य गरेर महागठबन्धन बनाएर चुनावमा होमिएको छ । नितिशको पछिल्लो कार्यकाल सत्ता टिकाउने खेलमा नै केन्द्रीत भएकाले कार्यकाल असफल भएको र कट्टर हिन्दुवादी पार्टी भाजपासँग गठबन्धन बनाएको भन्दै बिहारका मतदाता आरजेडीको महागठबन्धनलाई मतदान गर्ने मनस्थितीमा पुगेको एकथरि विश्लेषकको आंकलन छ ।

यस भन्दा अगाडीको चुनावमा मोदी लहरलाई रोक्न भन्दै तत्कालिन आरजेडीका प्रमुख लालु यादवले आफ्नो छोरा तेजश्वीलाई उपमुख्यमन्त्री बनाउँदै जेडीयुसंग तालमेल गरेर निनिश कुमारलाई मुख्यमन्त्री बनाएका थिए । तर यो गठबन्धन लामो समय सम्म टिक्न सकेन । भारतमा मोदीलहरकाबीच नितिश कुमार पनि बिहारमा भाजपासंग गठबन्धन गरेर नयाँ सरकार बनाउन पुगेका थिए । त्योसंगै लालु यादवको आरजेडी प्रमुख प्रतिपक्षी दल बन्न पुगेको थियो भने तेजश्वी यादव प्रमुख प्रतिपक्षी दलका नेता ।

बिहार विधानसभा चुनावमा अहिले तेजश्वी यादवको चर्चा चुलिंदो अवस्थामा रहेको छ । ३२ वर्षिय युवालाई मुख्यमन्त्रीका रुपमा अगाडी सार्दै आरजेडीले चुनावी माहोललाई आफ्नो पक्षमा पार्न सफलता पाएको देखिन्छ । निर्णायक भोट जातिय आधारमा भए पनि यो चुनावमा सामाजिक मुद्दाले बढी प्राथमिकता पाउने देखिएको भारतीय संचारमाध्यमको स्थलगत रिपोर्टले देखाएको छ ।

भारतका अन्य राज्य शिक्षा, स्वास्थ्य, रोजगार लगायतका क्षेत्रमा पछाडी परेको राज्य बिहारमा अहिलेको प्रमुख मुद्दा रोजगारी छ । श्रमका लागि भारतका अन्य राज्य सहित नेपालमा समेत जाने गरेको अवस्थामा कोरोना त्रास संगैको लकडाउनको कारण लाखौं बिहारी युवाहरु पैदल नै आफ्नो घर फकिएको र त्यस लगत्तै बिहारमा बाढी आउँदा राज्य सरकारले राहत दिन नसकेको लगायतका मुद्दाहरुका कारण नितिश कुमारको सरकारको लोकप्रियता गिरेको थियो ।


१० लाख युवाहरुलाई सरकारी रोजगारी प्रदान गर्ने घोषणा, शिक्षा क्षेत्रको आमुल परिवर्तन र स्वास्थ्य सेवालाई विस्तार लगायतका लोकप्रिय नाराले उनीप्रति मतदाताको विश्वास बढ्दै गएको उनको चुनावी ¥यालीमा देखिएको मतदाताको भिडले शंकेत गरेकोे छ ।

संगै, तेजश्वी यादवले आफ्नो महागठबन्धनले चुनाव जितेको खण्डमा नवनिर्वाचित सरकारको पहिलो निर्णय १० लाख युवाहरुलाई सरकारी रोजगारी प्रदान गर्ने घोषणा गरेका छन् । त्यसका अलावा शिक्षा क्षेत्रको आमुल परिवर्तन र स्वास्थ्य सेवालाई विस्तार लगायतका लोकप्रिय नाराले उनीप्रति मतदाताको विश्वास बढ्दै गएको उनको चुनावी ¥यालीमा देखिएको मतदाताको भिडले शंकेत गरेकोे छ ।

चारा घोटला काण्डमा दोषी ठहरिंदै जेल सजाय भोगिरहेका आफ्ना पिता लालु यादवको लवजमा भाषण गर्न सक्ने क्षमता भएका तेजश्वीले चुनावी ¥यालीहरुमा लगातार नितिश कुमारको कार्यकालमा हुन नसकेका कामहरुलाई प्रमखु मुद्दा बनाई रहेका छन् ।

अर्कोतर्फ केन्द्रमा रहेको भाजपा सरकार जो बिहारमा नितिश कुमारको जेडीयु गठबन्धनमा रहेकाले पनि उनले मोदी सरकारको विरुद्धमा एक शब्द पनि नबोलेर आफ्नो राजनैतिक कुटिलता प्रदर्शन गरेको विश्लेषकहको भनाई रहेको छ । आफ्ना पार्टीका अग्रजहरु र विरोधीहरु मात्रै नभएर घर भित्रैको राजनैतिक झगडालाई मिलाउँदै मुख्यमन्त्रीका प्रत्याशी बनेका तेजश्वीले राजनीतिमा आफु नेतृत्व लिन सक्षम रहेको प्रमाणित गरेका छन् ।

औपचारिक शिक्षा ९ कक्षा सम्ममात्र गरेका उनी सुरुमा नितिश कुमारको सरकारको उपमुख्यमन्त्री रहँदा बिहारको कुनै पनि सडकमा खाल्डाखुल्डी देखिएमा सिधै आफ्नो मोबाईल नम्बरमा ह्वाट्स एप गर्नु भन्दै लोकप्रिय कामको थालनी गरेका कारण उनिप्रति लाखौं युवाहरुको विश्वास रहेको सहजै अनुमान गर्न सकिन्छ ।

अर्कोतर्फ तेजश्वीले आफ्ना चुनावी ब्यानरहरुमा आफ्ना पिता लालु यादवको तस्विर राखेका छैनन् । यसलाई पनि उनले आफ्नो चुनावी रणनीतिका रुपमा लिएको बुझ्न सकिन्छ । ¥यालीका क्रममा उनले १५ वर्ष लालु यादवको शासनमा भएका पुराना कुराहरुलाई भुल्दै नयाँ नीतीका साथ योजनाहरु ल्याउने बताउँदै आएका छन् ।

बिहारमा तेजश्वी यादवको महागठबन्धनलाई साथ दिन कांग्रेस नेता राहुल गान्धी चर्चित विद्यार्थी नेता कन्हैया कुमार लगायतका नेताहरुको पनि साथ रहेको अवस्थामा मुख्यमन्त्रीका प्रत्याशी तेजश्वीले यो अवसरलाई सदुपयोग गर्ने कुनै मौका चुकाएका छैनन् । उता, प्रतिस्पर्धामा रहेका नितिश कुमारको ¥यालीलाई सम्बोधन गर्न आएका युपिका मुख्यमन्त्री योगी आदित्यनाथ र प्रधानमन्त्री नरेन्द्र मोदीको भाषणलाई मात्र रुचाएको तर नितिश कुमारको बोल्ने बेलामा ¥यालीमा सहभागिहरु तितरवितर भएको भन्दै भारतीय संचार माध्यमहरुमा भिडियोहरु भाइरल भएको छ ।

भारतिय राजनीतिमा धार्मिक र साप्रदायिक मुद्दालाई उठाएर आफ्नो पक्षमा मतदातालाई आर्कषित गर्ने खुबी भएका नरेन्द्र मोदी सरकारको लोकप्रियता मापन सुचकका रुपमा पनि लिइएको बिहार विधानसभा चुनावको सम्पुर्ण नतिजा नोभेम्बर १० तारिखमा आईसक्नेछ । यसले केही समययता निरन्तर राज गर्दै आएका नितिशलाई नै जनताले अनुमोदन गर्छन् कि युवाहरुबीच लोकप्रियता कमाएका लालुपुत्रले नयाँ सिंहासनको राजतिलक गर्छन्, स्पष्ट गर्नेछ ।
(लेखकः राजनीतिशास्त्रका विद्यार्थी हुन् )
Twitter : @Mishrakancho1

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी