
दमौलीः आईतबारको परीक्षण तथ्यांकले तनहुँमा एकै दिन ठूलोस्तरको कोरोना संक्रमण देखाएको छ ।दशैंलगत्तै बढ्न थालेको कोरोना संक्रमण दर आईतबार निकै माथि उकालो लागेको छ । आईतबार तनहुँका अधिकांश तहमा नयाँ संक्रमित थपिएको तथ्यांक आएको छ ।
व्यास नगरपालिकाः अस्पतालका स्वास्थ्यकर्मीसहित १३ जना
व्यास नगरपालिकामा एकै साथ धेरै संक्रमित भेटिएका छन् । व्यास नगरपालिकामा संक्रमित भेटिएकामा दमौली अस्पतालका दुई स्वास्थ्यकर्मी पनि छन् । यसैगरी क्वारेन्टिनमा बसेका तथा सम्पर्कमा आएका व्यक्तिमा पनि संक्रमण भेटिएको छ ।
आँबुखैरेनी गाउँपालिकाः ८ जना
आँबुखैरेनी गाउँपालिकामा पनि आईतबार धेरैमा संक्रमण देखियो । लामो समयदेखि प्रतिक्षा गरिएको परीक्षण रिपोर्ट आउँदा गाउँपालिकामा संक्रमित बढेको देखिएको छ ।
शुक्लागण्डकीः ६ जना
शुक्लागण्डकी नगरपालिकामा पनि पछिल्लो समय संक्रमित बढिरहेका छन् । नगरमा थपिएका संक्रमित विदेशबाट आएका तथा कन्ट्याक्ट ट्रेसमा परेका पनि छन् ।
भीमादः५ जना
भीमादमा पनि पछिल्लो रिपोर्टको नतिजाले संक्रमित बढेको देखाएको छ । यस अघि दर कम भएको नगरमा यसपाली नयाँ संक्रमित एकै साथ थपिएको पाइयो ।
अन्य तह
भानुः ४ जना
बन्दीपुरः २ जना
ऋषिङः १ जना
घिरिङः १ जना
तह नखुलेकोः १ जना