दशै भत्ता मिर्गौला पिडितलाई

  • ख-
  • ख+

ऋषिङ्ग: ऋषिङ्ग गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भोजराज रानाभाटले दशै भत्ता बापतको रकम ऋषिङ्गका मिर्गौला पीडितहरुलाई सहयोग गरेका छन् ।

दशैं भत्ता बापत नेपाल सरकारबाट प्राप्त हुने रु २०,००० ऋषिङ्ग गाउँपालिका भित्रका पाँचजना मृगौला पिडितहरु ऋषिङ्ग ३ का लिल बहादुर थापा,सुशील थापा , ऋषिङ्ग ६ का श्री बहादुर थापा ऋषिङ्ग ८ लुम बहादुर रिलामी र चुन बहादुर थापालाई उपचारका लागि सहयोग स्वरुप रकम प्रदान गरिएको हो । एक कार्यक्रमका बिच उक्त रकम पिडितका परिवारलाई अध्यक्ष रानाभाटले हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै रानाभाटले दशैभत्ता बापत रकम सामाजिक सेवामा सहयोग गर्न पाउँदा खुशी लागेको बताए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्ष गिनुमाया थापा लगाएत वडाध्यक्ष तथा कर्मचारिहरुको उपस्थिती रहेको थियो । गाउँपालिकाका प्रबक्ता बिजय दरैका अनुसार गाउँपालिकाका वडाध्यक्षहरु तथा कार्यपालिका सदस्यहरुबाट दशैभत्ता बापतको रकम कोरोनाकोषमा प्रदान गर्ने नेपाली कांग्रेसको केन्द्रीय निर्देशन बमोजिम कोरोना कोषमा जम्मा गरिएको जानकारी दिए ।

हाल सम्म ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष सहित वडा नं १,२,३,४,६,८ का वडाध्यक्षले भत्ता बापतको रकम कोषमा बुझाई सकेका दरैले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी