अर्थमन्त्री वाग्ले आफ्नो निर्वाचन क्षेत्र तनहुँ आउँदै

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँ क्षेत्र नं १ बाट निर्वाचित संघीय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तनहुँ आउने भएका छन्। बुधबार मन्त्री वाग्ले तनहुँ आउने भएका हुन् । मन्त्री नियुक्त भएको लामो समय बितिसक्दा पनि डा. वाग्लेले गृहजिल्ला तनहुँको औपचारिक भ्रमण गरेका थिएनन्।

अर्थमन्त्री भएपछि गृहजिल्लामा आएर स्थानीय नागरिक, जनप्रतिनिधि तथा सरोकारवालासँग भेटघाट गर्ने, जिल्लाको विकास निर्माणका आवश्यकता बुझ्ने र बजेट तथा योजनाबारे छलफल गर्ने अपेक्षा गरिए पनि हालसम्म त्यस्तो अवसर नजुरेको भन्दै स्थानीयको गुनासो थियो ।

जिल्लामा रहँदा वाग्ले विभिन्न कार्यक्रममा सहभागी हुने बताइएको छ । जिल्ला समन्वय समितिमा हुन लागेको बार्सिक समिक्षा कार्यक्रममा सहभागी हुन मन्त्री वाग्ले दमौली आउन लागेको रास्वपा जिल्ला सभापति बिश्वनाथ बास्तोलाले जानकारी दिए । सभापति बास्तोलाका अनुसार मन्त्री वाग्ले बुधबार साँझ दमौली आउने र बिहिवार समिक्षा कार्यक्रममा सहभागी हुनुका साथै स्थानीयहरूसँग भेटघाट तथा छलफल गर्ने छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्