कांग्रेस सभापति थापा र नेता डा. कोइरालाबिच भेट, विवादबारे भएन सहमति

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबिच मंगलबार बिहान भेटवार्ता भएको छ।

डा. कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको भेटमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो।

मंगलबार बिहान पौने १० बजे सुरु भएको भेटघाट सवा १० बजेसम्म चलेको डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

पार्टीभित्र पछिल्लो समय देखिएका सांगठनिक र नीतिगत विवादहरूलाई कसरी सुल्झाउने भन्ने विषयमा दुई नेताबिच छलफल भए पनि कुनै सहमति भने भएन । दुवै पक्षले आ–आफ्ना कुरा राखेको तर सहमति नबनेको थपलियाले जानकारी दिए ।

नेपाली कांग्रेसभित्र वैधानिकता र नेतृत्वको विषयलाई लिएर कानुनी र राजनीतिक बहस भइरहेका बेला सभापति थापा र नेता डा. कोइरालाबिच भेट भएको हो ।

भेटमा पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रयास स्वरूप वार्ता भए पनि कुनै निष्कर्षमा पुग्न नसकेको हो । साभारः रातोपाटी संवाददाता

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्