देव गजमेर
दमौली: सुनचाँदी व्यवसायीहरुलाई कर सम्बन्धि जानकारी दिने उद्वेश्यले १ दिने कर प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । तनहुँ सुनचाँदी व्यवसायी संघ तथा नेपाल सुनचाँदी रत्न आभुषण व्यवसायी संघको आयोजनामा र आन्तरिक राजस्व कार्यालय तनहुँको सहकार्यमा १ दिने कर प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो ।
प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघका विशिष्ट सदस्य तथा तनहुँ सुनचाँदी व्यवसायी संघ तनहुँका सस्थापक अध्यक्ष मोहन कुमार वि कको प्रमुख आतिथ्यमा सो कार्यक्रम गरीएको थियो। प्रमुख अतिथि विकले “सुनचाँदी व्यवसाय सञ्चालनका क्रममा व्यवसायीहरूले पालना गर्नुपर्ने करसम्बन्धी व्यवस्था, करको अन्योलका विषयमा राम्रो संग बुझेर व्यवसायी संचालन गर्दा हामी आफैलाई फाईदा हुने बताए”।
आन्तरिक राजश्व कार्यालय तनहुँका प्रमुख नारायण प्रसाद भण्डारीले कर प्रणाली सुदृढ भए मात्र देशको विकास हुन सक्ने बताए।उनले कर सम्बधि कतिपय व्यवसायीहरुलाई जानकारीको अभावले व्यवसायी समस्यामा पर्न सक्ने जानकारी दिए। समस्या हल गर्न यस्ता खालका प्रशिक्षणमूलक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने जिकिर गरे। कार्यक्रममा लेखा परीक्षण अनिल थापाले अडिट सम्बन्धि व्यवसायीहरुलाई जानकारी गराएका थिए।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व सचिव केश बहादुर सुनार, नेपाल सुनचाँदी रत्न आभुषण व्यवसायी महासंघका केन्द्रीय सदस्य सोम बहादुर बि क,नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य विनोद कुमार वि क लगायतले बोलेका थिए।
तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष हरि गहतराजको अध्यक्षता भएको कार्यक्रममा समापन नेपाल सुनचाँदी व्यवसायी महासंघका गण्डकी प्रदेशका सचिव शालिकराम गहतराजले गरेका थिए भने कार्यक्रम सहजिकरण संघका महासचिव पुर्ण बहादुर वि क.ले गरेका थिए ।





