तनहुँमा एकै साथ थपिए २१ संक्रमित, व्यासमा ९

  • ख-
  • ख+

दमौलीः तनहुँमा दशैंलगत्तै कोरोना संक्रमण दर ह्वात्तै बढेको पाइएको छ । व्यास नगरपालिकामा नौसहित तनहुँमा एकै साथ २१ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा व्यास नगरपालिकाका नौजना छन् ।


भीमादका पाँच जना, शुक्लागण्डकीका तीन, आँबुखैरेनीका दुईसँगै ऋषिङ र बन्दीपुरका एक एक जनामा संक्रमण देखिएको छ ।


गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आईतबार विहानैदेखि प्रकाशन गरेको विभिन्न परीक्षण रिपोर्टमा तनहुँमा संक्रमितको संख्या बढिरहेको देखाएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्