व्यास नगरपालिकाले भन्यो,‘जोखिम बढ्दो छ, तिहारसम्म कक्षा नचलाउनु’(विज्ञप्तिसहित)

  • ख-
  • ख+

कक्षा ११ को परीक्षा भने सञ्चालन गर्न सकिने
दमौलीः
व्यास नगरपालिकाले तिहारसम्म प्रत्यक्ष कक्षा नचलाउन विद्यालयहरुलाई निर्देशन दिएको छ । नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको उप प्रमुख, संस्थागत तथा सामुदायिक विद्यालयका प्रतिनिधिलगायत सरोकारवालाको बैठकले कोभिड १९ संक्रमणको जोखिम बढ्दै गएकाले मंसीर २ गतेसम्म प्रत्यक्ष कक्षा सञ्चालन नगर्न निर्देशन जारी गरेको छ ।


मौसमी परिवर्तनका कारण समुदायमा रुघा, खोकी देखिएको र यसले कोभिड १९ को संक्रमण विस्तार गर्न सक्ने विज्ञको राय आएको भन्दै नगरपालिकाले तिहारको भाईटिकाको भोलिपल्टसम्मका लागि विद्यालयमा प्रत्यक्ष कक्षा सञ्चालन नगर्न विद्यालयहरुलाई निर्देशन जारी गरेको हो ।


नगरपालिकाका शिक्षा तथा सामाजिक विकास शाखाका अधिकृत सन्तोष गोदारद्वारा जारी विज्ञप्तिमा मंसीर ३ गतेबाट मात्र यस अघि जारी निर्देशिकाको पालना गर्दै विद्यालय सञ्चालनको निर्णय लिन भनिएको छ ।


विज्ञप्तिमार्फत कक्षा ११ सञ्चालन भएका विद्यालयहरुलाई स्वास्थ्य मापदण्ड पालना गरेर पूर्व निर्धारित तालिका अनुसार परीक्षा चलाउन भने अनुमति दिइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी