कोरोना संक्रमणबाट थप १ को मृत्यु

  • ख-
  • ख+

पोखरा: कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा थप एक जनाको ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी एक न्युमोनिया कि बिरामी युवतीको उपचारका क्रममा बुधबार राती ज्यान गएको हो ।
मृत्यु हुने महिला पोखरा महानगरपालिका वडा नम्बर १३ की ३६ वर्षीया हुन् ।

उनको राती ११ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। उनी गएको कार्तिक ५ गते कोरोना संक्रमित भै साबिक पश्चिमान्चल क्षेत्रीय अस्पताल हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तरगतको कोभीड
उपचार केन्द्रमा भर्ना भएकी प्रतिष्ठानले जनाएको छ ।

रक्तचाप तथा न्युमोनिया की बिरामी उनको उपचारका क्रममा ज्यान गएको पनि प्रतिष्ठानले जनाएको छ। उनी उपचारका क्रममा ज्यान गुमाउने २० औं व्यक्ति हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्