व्यासमा ४ गतेदेखिकै रिपोर्ट आउन बाँकी

  • ख-
  • ख+

लामो समयदेखि रिपोर्ट नआउँदा अन्यौल
दमौली:
पछिल्लो केही दिनयता पोखरास्थित क्षेत्रीय प्रयोगशालाले ढिलो रिपोर्ट पठाउँदा अन्यौल देखिएको छ । तनहुँमा कार्तिक ३ गतेयताकै रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय तनहुँको तथ्यांकले देखाएको छ ।


व्यास नगरपालिकामा कार्तिक ४ गते शंकलित ३४ जनाको पीसीआर रिपोर्ट अझैसम्म आएको छैन । ‘संक्रमण भएकै भए पनि निको हुने बेला भैसक्यो,’ व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले भने,‘तर अझै रिपोर्ट नआउँदा अन्यौल भयो ।’


व्यास नगरपालिकाले ती रिपोर्ट नै नआएकाले अरु पीसीआर संकलन गर्ने कि नगर्ने अन्यौल भएको बताएको छ । शाखा प्रमुख सोतीले अब होम आईसोलेसनमा रहेका संक्रमितको नमूना संकलन गरिने बताए । ‘अहिले होम आईसोलेसनका संक्रमितको संकलन गर्छाैं,’ उनले भने,‘अरुका हकमा ४ गतेको रिपोर्ट आए पछि संकलन गर्छौ ।’


स्वास्थ्य कार्यालयको तथ्यांकमा तनहुँका एक सय ३६ को नतिजा आउन बाँकी भनिए पनि केहीको भने पह्ल्यिै आईसकेको छ । कार्तिक ३ गते संकलित ३४ नमूनाको रिपोर्ट भने आईसकेको सोतीले बताए ।


पछिल्लो समय देखिएका संक्रमित भने पोखरामा गएर आफैं जँचाएकाहरु छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी