तनहुँमा संक्रमणको अवस्था कस्तो छ ?

  • ख-
  • ख+

दमौलीः गण्डकी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमित बढिरहँदा सबैभन्दा जोखिमयुक्त ठाउँमध्ये तनहुँ तेश्रोमा परेको छ । तनहुँमा हालसम्म संक्रमित साढे सात सय नाघ्दा हालसम्म दुई सय ४० सक्रिय केश छन् । पाँच सय सक्रिय संक्रमित भने निको भैसकेका छन् ।


१२ जनाले हालसम्म कोरोना संक्रमणका कारण तनहुँमा ज्यान गुमाइसकेका छन् । प्रदेशको उच्च जोखिमयुक्त जिल्लामध्येमा तनहुँ पर्ने गण्डकी प्रदेस स्वास्थ्य निर्देशनालयका अधिकारी बताउँछन् ।


कास्कीमा हालसम्मकै सबैभन्दा बढी संक्रमित दुई हजार नाघ्दा हालसम्म सात सय ३४ निको भएका छन् । तर जिल्लामा सक्रिय केश भने १२ सयको नजिक छ । सवा सात सय बढी सक्रिय संक्रमित भने निको भैसकेका छन् ।


दोश्रो स्थानमा नवलपरासी बर्दघाट सुस्ता पूर्व छ । त्यहाँ एक हजार छ सय बढीमा संक्रमण भैसक्दा साढे पाँच सय सक्रिय केश छन् । सो जिल्लामा एक हजार ५० जति भने निको भैसकेका छन् ।


प्रदेशमा सबैभन्दा सुरक्षित जिल्ला मुस्ताङ प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म प्रदेशमा मुस्ताङ जिल्ला सबैभन्दा सुरक्षितका रुपमा देखिएको छ । मुस्ताङका एक जनामा संक्रमण देखिएकामा उनी निको भएका छन् ।

कम जोखिमयुक्त मनाङमा हालसम्म नौजनामा संक्रमण देखिएकामा आठ जना निको भैसकेका छन् । एकजनामा सक्रिय संक्रमण छ । खासगरी मुख्य राजमार्गले छोएका र बढी चहलपहल हुने जिल्लामा बढी संक्रमण देखिएको प्रदेशको तथ्यांक विश्लेषणले देखाउँछ ।

कम चहलपहल भएका र मुख्य राजमार्ग नभएका जिलाहरुमा संक्रमण दर तुलनात्मक रुपमा निकै कम छ । म्याग्दी र पर्वतमा संक्रमण दर कम देखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्