दमौलीको बेग्लै कथा, दशैंमा जहिल्यै सुनसान (भिडियोसहित)

  • ख-
  • ख+

दमौली: दशैंका बेलामा गाउँघरमा रमाईलो हुन्छ । जागिर तथा पेशा व्यववसायका क्रममा थातथलो छाडेर सहर झरेकाहरु गाउँ फर्कने यही राम्रो मौका पनि हो । सामाजिक चाड बनिसकेको दशैंका क्रममा गाउँघरमा अरु बेला सुनसान बने पनि यसबेला रमाईलो हुन्छ ।


तर तनहुँको सदरमुकाम दमौली भने ठिक उल्टो छ । दमौलीमा घर भए पनि मूल रुपमा दमौलीलाई स्थायी ठेगाना मान्ने कम छन् । दमौली आसपासबाट यहाँ आएर घर बनाएकाहरु पनि प्रायः परिवारसँग दशैं मान्न गाउँ जानाले दमौली दशैंमा सुनसान जस्तै हुन्छ ।

टीकाका दिन ठप्प रहने बजारको चहलपहल भोलिपल्ट पनि खासै फर्कन सकेन । हरेक दशैंमा दमौली सुनसान बन्ने गरेको यहीं स्थायी रुपमा बस्दै आएकाको अनुभव छ ।

बजारको बीच भागबाट चिरेर जाने राजमार्गमा चहलपहल बाक्लो भए पनि बजारमा भने केही दिन चहलपहल कम नै रहन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्