गल्बुबेसी र खकौलीमा साढे ७ तोला सुन चोरी

  • ख-
  • ख+

दमौलीः व्यास १ का विभिन्न भागमा दशैंको टिकाको दिन साढे ७ तोला सुनसहित धनमाल चोरी भएको छ । व्यास १ खकौलीमा दुर्गामाया आलेको घरबाट २२हजार नगदसहित तीन तोला चाँदी र एक तोला सुन चोरी भएको छ ।

परिवारका अनुसार रातको समयमा चोरले धनमाल लगेका थिए ।
यसैगरी, व्यास १ गल्बुबेसीका सुनिल बुढाथोकीको घरमा कोही नभएका बेला चोरी भएको छ । मंगलबार विहान चोरी भएको खुलेको थियो ।

घरबाट साढे छ तोला सुन, पाँच तोला चाँदीका गहना तथा नगद पाँच हजार चोरले लगेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्