घाँस लिन गएका हरिबहादुरको भीरबाट खसेर ज्यान गयो

  • ख-
  • ख+

ऋषिङः ऋषिङ २ ग्वास्लुङका एक युवाको भीरबाट खसेर ज्यान गएको छ । दशैंको टिकाको दिन घाँस लिन निस्केका ३० वर्षका हरिबहादुर चन्दको स्थानीय भीरबाट खसेर ज्यान गएको तनहुँ प्रहरीले जनाएको छ ।

उनी रातापार भीरबाट झण्डै एक सय मिटर तल खसेका थिए ।


भीरबाट खस्दा गम्भीर घाइते उनको आफन्तले उद्धार गरेर उपचारका लागि पोखराको मेट्रो सिटी अस्पताल पु¥याएकामा चिकित्सकले राती मृत घोषणा गरिदिएका थिए । उनको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी