
दमौलीः दशैंमा टिका जमरा त सबैले लगाउनुभयो होला । तर यस दिनको अर्को परम्परा पनि याद गर्नुभएको छ ? दशैंको टिकाको दिन एक पटक धर्ती छोड्नैपर्ने परम्परा छ । तर यसपाली दशैंमा भने कमैले त्यो अवसर पाए ।
खासगरी सहरी क्षेत्रमा भिडभाड हुने भएका कारण पनि यसपाली पिङ टाँगिएन ।
पोहोर व्यास नगरपालिकाले दमौली अनशन चौतारी अगाडिको सेन्ट्रल पार्कमा रोटे र लिंगे पिङ टाँगेको थियो । तर यसपाली कोभिडको संक्रमण फैलने आशंकामा टाँगिएन ।
गाउँ घरमा पनि यसपाली धेरै कम मात्र पिङ टाँगिए । यसपाली कोरोना संक्रमणका कारण टिकाका दिन छाड्नै पर्ने धर्ती धेरैले छाड्न नपाए पनि अर्को वर्ष दशैंसम्ममा भने अवस्था पोहोरकै जस्तो होस् भन्ने चाहना धेरैको छ ।