देउरालीनगर टोल विकास संस्थाको अध्यक्षमा कोपिला मणि शर्मा पौडेल

दमौली न्युज
  • ख-
  • ख
  • ख+

दमौली : देउरालीनगर टोल विकास संस्थाको अध्यक्षमा कोपिला मणि शर्मा पौडेल सर्वसम्मत चयन भएका छन् । संस्थाको २२औँ साधारण सभा तथा सातौँ अधिवेशनबाट पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो।

अधिवेशनबाट उपाध्यक्षमा रिखुराम विक, सचिवमा कापिला पण्डित पौडेल, कोषाध्यक्षमा अशोक राना र सहसचिवमा टिका थापा चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा बाबुराम पुरी, कुमारी थापा, धनमाया गौली, किस्मत कुमार श्रेष्ठ, देवीलाल थापा, शुष्मा श्रेष्ठ, गंगा श्रेष्ठ, पुष्पलाल श्रेष्ठ र नरबहादुर रानाभाट चयन हुनुका साथै संस्थाका निवर्तमान अध्यक्ष मनबहादुर थापा पदेन सदस्य रहेका छन्।

वडा अध्यक्ष अनुप रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा जनप्रतिनिधिहरू दधिराज घिमिरे, बिनु श्रेष्ठ र श्रीमाया विकलगायत संस्थाका संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष, वडाभित्रका विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा आमा समूहका अध्यक्षहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम संस्थाका अध्यक्ष मनबहादुर थापाको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा सचिव श्रीमाया रानाभाटले सस्थाको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उपाध्यक्ष कोपिलामणि शर्मा पौडेलको स्वागत मन्तव्य रहेको थियो भने कोषाध्यक्ष श्रीराम काफ्लेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

अधिवेशनको निर्वाचन प्रक्रिया विष्णुभक्त न्यौपानेको संयोजकत्वमा सम्पन्न भएको थियो। निर्वाचन समितिका सदस्यमा भरत काफ्ले र रिमा आले रहेका थिए।

अधिवेशनले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व सर्वसम्मत चयन गर्दै टोलको विकास, एकता र सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्