दमौलीमा खसीको मासु प्रतिकिलो १ हजार ४ सय रुपैयाँ

दमौली न्युज
  • ख-
  • ख
  • ख+

दमौली: तनहुँको सदरमुकाम दमौलीमा खसीबोकाको मासुको मूल्य प्रतिकिलो १ हजार ४ सय रुपैयाँ कायम गरिएको छ।

तनहुँ मासु व्यवसायी संघको बैठकले खसीबोकाको मासुको नयाँ मूल्य निर्धारण गरेको हो। संघले कात्तिक १४ गते शनिबारदेखि लागू हुने गरी प्रतिकिलो १ हजार ४ सय रुपैयाँ मूल्य कायम गरिएको जनाएको छ।

नयाँ मूल्य लागू भएसँगै दमौली क्षेत्रका उपभोक्ताले खसीबोकाको मासु प्रतिकिलो १ हजार ४ सय रुपैयाँमा खरिद गर्नुपर्ने भएको छ। संघले व्यवसायीहरूलाई निर्धारण गरिएको नयाँ मूल्यअनुसार मासु बिक्री गर्न समेत आग्रह गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी