२४ घण्टामा ५ को मृत्यु

  • ख-
  • ख+

दमौलीः पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा पाँच जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ज्यान गुमाउनेमा तनहुँका एकसहित कास्की र नवलपुरका २÷२ जना छन् ।


निर्देशनालयका अनुसार संक्रमणबाट ज्यान गुमाउनेमा तनहुँ शुक्लागण्डकी ४ का ५० वर्षका पुरुष छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको ज्यान गएको हो ।
यस अघि नवलपुरको गैंडाकोट नगरपालिका ५ का ७३ वर्षे पुरुष र कावासोती नगरपालिका २ का ७७ वर्षे पुरुष र पोखरा महानगरपालिका १५ का ७८ वर्षे महिला र पोखरा ५ का ५५ वर्षे पुरुष संक्रमितको मृत्यु भएको थियो ।

गैंडाकोटाका संक्रमितको चितवन मेडिकल कलेज, कावासोतीका संक्रमितको मध्यविन्दु जिल्ला अस्पताल र पोखरा १५ का संक्रमितको चरक मेमोरियल हस्पिटल र पोखरा ५ का संक्रमितको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६८ पुगेको छ । मृत्यु हुनेमा तनहुँका ११ पुगेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्