आईसोलेसनबाट निस्केपछि सभासद गुरुङले भने,‘संक्रमितलाई पहुँचका आधारमा भेदभाव नगरौं’

  • ख-
  • ख+

दमौलीः कोरोना संक्रमणबाट मुक्त भएका गण्डकी प्रदेश सभासद रामबहादुर गुरुङले कोरोनालाई सामान्य ठानेर खेलवाड नगर्न आग्रह गरेका छन् ।

बडा दशैंका दिन एक अपिल गर्दै तनहुँ क्षेत्र नम्बर १ (क)का सभासद गुरुङले चाडबाड अर्को वर्ष पनि आउने भन्दै टीका थाप्ने र भेटघाटलाई घरमित्रै सीमित गरेर स्वास्थ्य मापदण्ड अपनाएर चाड मनाउन आग्रह गरेका छन् ।


‘पक्ष, विपक्ष नभनी सेवा गरौं’
संक्रमण देखिएर स्वास्थ्य अवस्था बिग्रेपछि सरकारी अस्पताल भर्ना भएका उनले अस्पतालमा पहुँचका आधारमा विभेद गरिएकोतर्फ संकेत गरेका छन् । ‘संकटको विषम परिस्थितिमा शक्ति पहुँच पक्ष विपक्ष नभनी निस्वार्थ सेवा गरौं,’ उनले अपिलमा भनेका छन् ।


सभासद गुरुङले अस्पतालमा खानादेखि चिकित्सकीय व्यवस्थापनमा सुधार र सरकारको अनुगमनको पनि आवश्यकता महसुस गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी