
दुलेगौंडा: कोरोना संक्रमणबाट शुक्लागण्डकी ४ का एक व्यक्तिको ज्यान गएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ज्यान जाने व्यक्ति ५० वर्षका पुरुष हुन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्युमोनिया सहितका स्वास्थ्य समस्या देखिएका उनको उपचारका क्रममा ज्यान गएको बताइएको छ ।