उपसभापतिमा पराजित भए पछि गोविन्द भट्टराईले भने-बाँकी समय अझ धेरैको भरोसा जित्न खर्चनेछु

दमौली न्युज
  • ख-
  • ख
  • ख+


काठमाडौंः नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले आफूले धेरैको विश्वास जित्न बाँकी रहेको भन्दै राजनीतिको बाँकी समय त्यसका लागि खर्चने बताएका छन् ।

उप सभापति खुलामा उम्मेदवार रहेका भट्टराईले पराजित भए पछि मतदातालाई धन्यवाद दिंदै पार्टीको जिम्मेवारी सम्हाल्न आफूलाई धेरैले विश्वास गरे पनि अझ धेरैको विश्वास जित्न आवश्यक रहेको बताए ।

‘१५ औं महाधिवेशनमा ममाथि विश्वास गरेर मत प्रदान गर्नुहुने सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरुप्रति अनुग्रहित छु,’ उनले भने,
‘तपाईंको मात्र विश्वासले नपुगेर मलाई पार्टीको जिम्मेवारी सम्हाल्ने यात्रामा अझ धेरै साथीहरुको भरोसा जित्न आवश्यक रहेको यस मत परिणामले देखाएको छ ।’

आफूले लाभ र पदका लागि कहिल्यै राजनीति नगरेको र अहिलेसम्म पाएको कुरा विश्वास र माया नै रहेको उनले उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमार्फत कार्यकर्तालाई सम्बोधन गरेका भट्टराईले आगामी राजनीतिक यात्रामा भरोसा जित्न बाँकी धेरैहरुको भरोसा जित्नका लागि मेरो चेत, लगाव र समय खर्चने प्रतिबद्धता जनाएका छन् ।

नेविसंघका पूर्व अध्यक्ष रहिसकेका भट्टराई उप सभापति पदमा तेश्रो सर्वाधिक मत प्राप्त गरे पनि पराजित भए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी