काठमाडौंः नेपाली कांग्रेसको महामन्त्रीमा प्रदीप पौडेल अत्यधिक मतका साथ निर्वाचित भएका छन् ।
१५ औं महाधिवेशनको मतगणनाका क्रममा कुल गन्न बाँकी मत भन्दा बढी मतान्तर भए पछि विजयी भएका हुन् ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा कुल ६ हजार ६९ मत खसेको थियो । हालसम्म ६ हजार मतको परिणाम आउँदासम्म पौडेलले तीन हजार चार सय बढी मत पाएका छन् ।
अर्का उम्मेदवार उदयसमशेर राणाले एक हजार नौ सय ५६ मत पाएका छन् । कुल ६९ मत गन्न बाँकी रहँदै गर्दा दुवै जना विजयी भएका हुन् ।
प्रतिष्पर्धी गुरुराज घिमिरेले एक हजार दुई सय ३१ मत पाउँदा डा सुनिल शर्माले एक हजार आठ सय ८७ मत पाएका छन् ।






































