तनहुँमा थपिएका कुल संक्रमित २६ पुगे, व्यासमा ८ नयाँ संक्रमित (पुरा विवरण)

  • ख-
  • ख+

दमौलीः पछिल्लो ४८ घण्टायता परीक्षण गरिएका नमूनामा तनहुँका २६ जनामा कोरोना संक्रमण भेटिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमा व्यास नगरपालिकाका आठ जना छन् ।निर्देशनालयले आईतबार औपचारिक विवरण सार्वजनिक गरेको थिएन ।

व्यास १का दुई जना, २ का पाँच जना, ३, ४ र ५ का एक एक जना संक्रमित पाइएका छन् ।
शुक्लागण्डकीका १०, भीमाद र भानुका तीन तीन जनासँगै आँबुखैरेनी र देवघाट गाउँपालिकामा पनि एक एक जनामा संक्रमण भेटिएको निर्देशनालयले उल्लेख गरेको छ ।

(तस्बिरमा शनिबार र आईतबार विहानसम्म परीक्षण भएकाको विवरणको सूची । यसमा तीन जनाको विवरण समावेश छैन)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्