दाङ : दाङमा बसको ठक्करबाट एक जना कर्मचारीको मृत्यु भएको छ। बसको ठक्करबाट घोराही उपमहानगरपालिका–१३ का ५० वर्षीय चेतबहादुर केसीको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक केसी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए कार्यालयबाट फर्किँदै गरेका केसीलाई बसले ठक्कर दिएको थियो।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१, सुनडबरीमा बाँकेको नेपालगन्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश १–०१–००१ ख ४१४८ नम्बरको बसले लुम्बिनी प्रदेश ०३–००१ प ८५९८ नम्बरको केसी सवार मोटरसाइकललाई शुक्रबार बेलुकी साढे ६ बजेतिर ठक्कर दिएको थियो।
गम्भीर घाइते केसीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। केसीको शव लमही अस्पतालमा राखिएको छ। साभारः सेतोपाटी






