‘हामी आउँदैछौँ’ अभियानअन्तर्गत रास्वपा व्यास नगरको कार्यक्रममा तीन जना पार्टी प्रवेश

दमौली न्युज
  • ख-
  • ख
  • ख+

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) व्यास नगर समितिले ‘हामी आउँदैछौँ’ अभियानअन्तर्गत कार्यक्रम सम्पन्न गरेको छ।

व्यास नगर सभापति चूडामणि दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सभापति नवीन त्रिपाठी, महामन्त्री कृष्णप्रसाद लम्साल, सांसद झवीलाल डुम्रे, केन्द्रीय प्रतिनिधि तथा सांसद बिना गुरुङ लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रदेश, जिल्ला, नगर, वडा तथा टोल तहका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको स्वागत नगर उपसभापति नगेन्द्र शर्मा ढुंगानाले गरेका थिए भने कार्यक्रमको सहजीकरण नगर सचिव भाग्यशाली ढुंगानाले गरेका थिए।

यसै बीच, रास्वपाको नीति, विचार र अभियान प्रति आकर्षित हुँदै सावित्रीदेवी अधिकारी, बिनु विक र मीरा परियार पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै सफल राजनीतिक यात्राको शुभकामना दिइएको छ।

 

रास्वपाले सुशासन, पारदर्शिता र परिवर्तनको नारासहित ‘हामी आउँदैछौँ’ अभियानलाई अघि बढाइरहेको जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी