पूर्वराष्ट्रपति भण्डारीले लिइन् एमाले वरिष्ठ नेताको शपथ

दमौली न्युज
  • ख-
  • ख
  • ख+

काठमाडौं : नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टीको वरिष्ठ नेताको शपथ लिएकी छन्।

एमाले पार्टी मुख्यालय च्यासलमा जारी ११औँ महाधिवेशनपछि गठित स्थायी कमिटीको पहिलो बैठक सुरु हुनुअघि अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई वरिष्ठ नेताको शपथ गराएका हुन्।

एमाले केन्द्रीय कमिटीको असोज ६ गते बसेको बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउँदै अध्यक्ष ओलीपछि दोस्रो वरीयतामा राख्ने निर्णय गरेको थियो।

वरिष्ठ नेतामा मनोनीत भएपछि भण्डारी पहिलोपटक पार्टीको औपचारिक बैठकमा सहभागी भएकी हुन्। उनको पार्टी राजनीतिमा पुनरागमनसँगै एमालेभित्रको राजनीतिक समीकरण र आगामी नेतृत्व भूमिकालाई चासोका साथ हेरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी